×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिउँ खेल्न चन्द्रागिरि गएका बेला हराएका ५ जनाको उद्धार

हिउँ खेल्न चन्द्रागिरि गएका बेला हराएका ५ जनाको उद्धार

काठमाडौं- काठमाडौंको चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले उद्धार गरेको छ ।

हिउँ खेल्न गएर फर्किने क्रममा जङ्गलको बाटोमा हराएका उनीहरुको गएराति उद्धार गरिएको प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो  ।

चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङको उद्दार गरिएको हो । उनीहरूले आफूहरूले बाटो भुलेको भनेर घरमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।

बाटो भुलेर भिरमा बसिरहेको बेला उनीहरुलाई उद्धार गरिएको सापकोटाले बताउनुभयो । उद्धारपछि स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाइएको हो ।

प्रतिकृया दिनुहोस्