काठमाडौं - कैलालीको टीकापुर नगरपालिका-१ मा कुलाेमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार नगरपालिका-१ जमरा कुलोमा नुहाउने क्रममा एकतानगर शिविरमा बस्ने लालसिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले साथीहरुसँगै कुलोमा नुहाउने क्रममा डुबेर घाइते भएका परियारको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए ।
शव परीक्षणका टीकापुर अस्पतालमा राखिएकाे उनले बताए ।