काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका विभिन्न निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू टुंग्याएको छ। पार्टीले पूर्व, मध्य, पश्चिम तथा सुदूरपश्चिमका महत्वपूर्ण क्षेत्रहरूमा उम्मेदवार घोषणा गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ।
रास्वपाले हालसम्म टुंग्याएका उम्मेदवारहरूको सूची यसप्रकार रहेको छः
ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
झापा–१ – निशा डाँगी
झापा–२ – इन्दिरा रानामगर
झापा–३ – प्रकाश पाठक
झापा–४ – शम्भु सुस्केरा
झापा–५ – बालेन शाह
मोरङ–३ – गणेश कार्की
ओखलढुंगा – विश्वराज पोखरेल
उदयपुर–२ – सूर्यबहादुर तामाङ
काठमाडौं–६ – शिशिर खनाल
काठमाडौं–७ – गणेश पराजुली
काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
काठमाडौं–९ – डिपी अर्याल (डोलप्रसाद)
चितवन–१ – हरि ढकाल
चितवन–२ – रवि लामिछाने
चितवन–३ – सोबिता गौतम
गोरखा–१ – सुदन गुरुङ
गोरखा–२ – कविन्द्र बुर्लाकोटी
नवलपुर–१ – राजन गौतम
जुम्ला – बिनिता कठायत
बाजुरा – हेमराज थापा
कञ्चनपुर–१ – जनकसिंह धामी
कञ्चनपुर–२ – दीपक बोहरा
कञ्चनपुर–३ – ज्ञानेन्द्र महतारा
कैलाली–१ – कोमल ज्ञवाली
कैलाली–३ – लक्ष्मण थारू
कैलाली–४ – हरि रेग्मी
कैलाली–५ – आनन्द चन्द
बाँके–३ – खगेन्द्र सुनार
दाङ–२ – विपिन आचार्य
रुपन्देही–३ – डा. लेखजंग थापा
कास्की–२ – उत्तम पौडेल
स्याङ्जा–१ – धनञ्जय रेग्मी
रास्वपाले सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिलाई मूल एजेन्डा बनाउँदै देशभर संगठन विस्तार र उम्मेदवार घोषणालाई तीव्रता दिएको जनाएको छ। आगामी दिनमा बाँकी निर्वाचन क्षेत्रका उम्मेदवार पनि क्रमशः सार्वजनिक गरिने पार्टी स्रोतको भनाइ छ।