काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् । अध्यक्ष लिङ्देन उपप्रधानमन्त्री सहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका हुन् ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनलाई शपथ खुवाएकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा उपप्रधानमन्त्री ४ जना भएका छन् । १० पुसमा प्रधानमन्त्री भएका दाहालले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।