काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान) ले मलेसियामा हुने एसीसी महिला टी-२० च्याम्पियनशिपका क्रिकेटका लागि सोमबार १५ सदस्यीय टोली घोषणा गरेको छ ।
प्रारम्भिक टोलीमा रहेका १९ जना खेलाडीबाट अन्तिम टोलीको घोषणा गरिएको क्यानले जनाएको छ ।
नेपाली टोलीमा रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अपसरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, संगीता राई, अस्मिता कर्मचार्य, मनिषा उपाध्याय, विन्दु रावल र ममता चौधरी रहेका छन् ।
यही जुन १७ अर्थात् असार ३ गतेदेखि सुरु हुने च्याम्पियनशिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।
नेपालले असार ३ गते भुटान, ४ गते कुवेत, ६ गते बहराइन र ७ गते हङकङसँग खेल्नेछ । दुवै समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् ।