×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विस्फोटपछि रुसी सैनिक पानीजहाजमा ‘गम्भीर क्षति’

विस्फोटपछि रुसी सैनिक पानीजहाजमा ‘गम्भीर क्षति’

काठमाडाैँ- रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ । 

उसले मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आगलागीको कारणबारे केही बताएको छैन । यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा दुईवटा युक्रेनी क्षेप्यास्त्र लागेको बताएका थिए ।

के भएको थियो ?
युक्रेनमा बनेको नेप्च्युन क्षेप्यास्त्र उक्त सैनिक जहाजमाथि प्रहार गरिएको बताइएको थियो । युक्रेनी राष्ट्रपतिका एक सहयोगी ओलेक्सी एरिस्ट्रोभिचले रुसी उद्धारकर्ताहरू उक्त पानीजाहाजमा पुग्न नसकिरहेको भन्दै त्यहाँ ५१० जनासम्म रहेको हुनसक्ने बताएका थिए। तर त्यसको पुष्टि भएको थिएन ।

यसअघि सीमामा रहेको एउटा टापुको प्रतिरक्षा गरिरहेका युक्रेनी सीमा रक्षकहरूसँग गरेको व्यवहारका कारण उक्त सैनिक पानीजहाजले बदनामी व्यहोरेको थिए । स्नेक आइन्यान्डमा खटिएका ती युक्रेनी सैनिकले मस्कोले गरेको आत्मसम्पर्णको मागलाई अस्वीकार गरेपछि अन्ततः तिनलाई बन्धक बनाइएको थियो । यसैबीच रुसी सेनाले आफ्नो भूमिमा आक्रमण भइरहे युक्रेनको राजधानीमा रहेका कमान्ड केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएको छ । -बीबीसी

प्रतिकृया दिनुहोस्