×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न-विकासका काम कसरी भइरहेका छन् ?

सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न-विकासका काम कसरी भइरहेका छन् ?

काठमाडौँ- सरकारी काम कारबाही र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलो दिन भएको छलफलमा सचिवहरूले आ-आफ्ना मन्त्रालयमा भइरहेको काम र समस्याका बारेमा संक्षिप्त धारणा राखेको मुख्यसचिव शंकरदास वैरागीले जानकारी दिए ।

‘हामी छलफलकै क्रममा छौ । विभिन्न मन्त्रालयहरूबाट संक्षेपमा प्रस्तुति भएको छ । केहीको बाँकी नै छ । भोलि सबैको लिइसकेपछि प्रधानमन्त्रीज्यूबाट जे आउँछ त्यो सार्वजनिक हुन्छ’, मुख्यसचिव वैरागीले भने,‘ सरकार प्रमुखका रूपमा मन्त्रालयहरूमा कसरी काम भइरहेको छ ? भनेर जिज्ञासा राख्नुभयो ।’

त्यसक्रमा प्रधानमन्त्रीले विकासको गति कसरी अघि बढेको छ ? जनताले पाउने सेवा सुविधाहरू कसरी पाइरहेका छन् ? भनेर सरकार प्रमुखको हैसियतले ब्रिफिङ लिएका हुन् । छलफल भोलि पनि हुनेछ । त्यसपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने तयारी छ ।

प्रतिकृया दिनुहोस्