×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुटपिटको आरोपमा दुर्गेश थापा पक्राउ

कुटपिटको आरोपमा दुर्गेश थापा पक्राउ

काठमाडौं- मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले पुष्टि गरे । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।


दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको उनले जानकारी दिए । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले अनलाइनखबरलाई भने ।

प्रतिकृया दिनुहोस्