×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत

तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत

तेह्रथुम, विभिन्न गुट र उपगुटमा विभाजित हुँदा धेरै ठाउँमा कांग्रेसले वडा अधिवेशनमै चुनावी प्रक्रिया अपनाएको छ । केन्द्रीय नेताहरुले आफू अनुकूलका उम्मेदवार र नेता कार्यकर्तालाई विजयी गराउन लबिङ गरिरहेका छन् । त्यहीकारण अधिकांश ठाउँमा चुनाव नै भइरहेको छ । तर, तेह्रथुममा भने सबै वडामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका ४३ वटै वडामा शुक्रबार भएको अधिवेशन सर्वसम्मत नेतृत्व चयन गरेको हो । सबै वडाबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् । हरेक वडामा एक जना सभापतिसहित एक हजार छ सय ८६ जना पदाधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, अधिवेशनले सभापतिसहित छ सय ८८ जना क्षेत्रीय प्रतिनिधि चयन गरेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए । ती प्रतिनिधिले पालिका र प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशनपछि जिल्लाको नेतृत्व चयन गर्नेछन् । जिल्ला सभापति गोविन्द ढुंगानाले सबै वडाहरुको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको भन्दै थप एकताबद्ध भएर अधिवेशनमा होमिनका लागि आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्