काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ४१.७७ अंकले घटेर २३४३.८७ बिन्दुमा ओर्लिएको छ । यस दिन कुल १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ५५ रुपैयाँमा ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन १ सय ८२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयरमूल्य बढेको छ । २ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ । यस दिन नेस्डो लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्तको सेयर सबैभन्दा बढीले बढेको छ । त्यस्तै, एनआरएन एफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, हिमालय ऊर्जा विकास कम्पनी, इमर्जिङ नेपाल, ग्रिन लाइफ हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।