×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त

थप ७६ जनामा कोरोना संक्रमण, ८७ जना संक्रमणमुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६९ जनाको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३० जनाको पीसीआर परीक्षण गर्दा ५३ जना र २ हजार २३९ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ३७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्