काठमाडौं- ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आइतबार बिहान चितवन भरतपुर महानगरपालिका-१२ टिकौली जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय पण्डितले जानकारी दिए।
ना.४ ख ६६७४ नम्बरको ट्रकले बागमती प्रदेश ०३-००२प ७६८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। सागर भरतपुर महानगरपालिका-११का हुन्।
उनको स्कुटर पछाडि बस्ने २० वर्षीय विशान्त ढकालको उपचार भइरहेको डिएसपी पण्डितले बताए। ‘विशान्तको अवस्था गम्भीर छ,ʼ उनले भने। प्रहरीका अनुसार विशान्तको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक चालक तनहुँ घुमाउने नगरपालिका-४ बस्ने ५० वर्षीय ढकबहादुर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।