काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा आफ्नो विरोध जारी राखेका छन्। बैठकमा आफ्ना धारणा राखेपछि दुवै दलका सांसदहरू सदनबाट बाहिरिएका छन्।
भिजिट भिसा प्रकरणलाई लिएर यी दुई दलले निरन्तर विरोध गर्दै आएका छन्। उनीहरूको आन्दोलन आज ५९औं दिनमा प्रवेश गरेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र घटनाको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।
आजको बैठकमा रास्वपाकी सांसद डा. तोसिमा कार्की र राप्रपाका सांसद दीपक सिंहले आफ्नो धारणा राख्दै सरकारको आलोचना गरेका थिए। आफ्ना भनाइ राखेलगत्तै उनीहरू सदनबाट बाहिरिएका हुन्।