×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शिक्षकको विभत्स हत्याको आरोपमा स्थानीय महिला पक्राउ

शिक्षकको विभत्स हत्याको आरोपमा स्थानीय महिला पक्राउ

दैलेख - दैलेखमा भएको शिक्षकको विभत्स हत्याबारे एक महिलाले आफूले गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। दैलेखको गुराँस गाउँपालिका-८ छोटेपोखरामा रहेको मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
हत्या गरिएका शिक्षक छोटेपोखराकै स्थानीय थिए। सोही ठाउँकी २५ वर्षीया मुना रानाले आफूसँगको व्यक्तिगत रिसइबीका कारण आफूले ती शिक्षकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको सोमबार राति घाँटी रेटेर हत्या भएको थीयो। बिसी मालिका माध्यमिक विद्यालयमा विगत १३ बर्षदेखि राहत शिक्षकका रुपमा कार्यरत थिए। प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको थीयो । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको हत्या गरेको आशंकामा प्रहरीले दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थीयो | प्रमुख श्रेष्ठका अनुसार ती व्यक्ति शिक्षकको हत्या हुनु पूर्व रातिसँगै भएको खुलेको छ । “नियन्त्रणमा लिएका व्यक्ति र हत्या गरिएका शिक्षकसँग राति सँगै भएको खुल्न आएको छ”, श्रेष्ठले भने, “घटनास्थलको प्रकृति र ती व्यक्तिहरूबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।” शिक्षक बिसी स्कुल वरण्डामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा मंगलबार बिहान फेला परेको थिए । घटना लगत्तै दैलेख प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । पीडित परिवारको दरखास्त लिई अदालतबाट म्याद थप गरी ती महिलामाथि थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्