काठमाडौँ- घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्कीको मृत्यु भएको हो।
सवा दश बजेतिर घाँटीमा अड्किएको मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको थियो।