काठमाडौं - साधारणतया हरेक मानिस आफुलाई ठिक्कको शरीर राख्न चाहान्छ । विभिन्न रोगको कारण धेरैं मानिसहरु धेरै दुब्लो र पातलो शरिर भएका हुन्छन । यस्ता मान्छेलाई कसरी मोटो हुने भन्ने चिन्ता हुन्छ ।
दुब्ला मानिसहरु उमेरभन्दा अघि पाका देखिने हुदा उनीहरुलाई चिन्ता हुनु स्वभाविक पनि हो । आज हामी कसरी मोटाउन सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिन जाँदैंछौं ।
काजु र बदाम
काजु र बदाममा प्रशस्त मात्रामा प्रोटिन, खनिज तत्व र फाइबर पाइने भएकाले यसले तौल बढाउन मद्दत गर्छ । साथै, काजुमा हाम्रो शरीरका लागि अत्यावश्यक म्याग्नेसियम र क्यालसियम पनि पाइने भएकाले यसले हड्डीलाई मजबुत बनाउनुका साथै मांसपेशी स्वस्थ राख्न सहयोग गर्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्टसमेत हुने हुँदा ट्युमर र क्यान्सरजस्ता रोग लाग्नबाट बचाउँछ । त्यस्तै, नियमित बदाम खाएमा पाचन शक्ति बढ्ने भएकाले अन्य खानेकुरा सजिलै पच्न मद्दत पुग्छ ।
गहुँको रोटी
नियमित गहुँको रोटी सेवन गर्दा तौल बढाउन सकिन्छ । गहुँमा अत्यधिक प्रोटिन, फ्याट र भिटामिन बी पाइन्छ । साथै, यसमा क्यालोरी पनि बढी हुने भएकाले तौल बढाउन उपयोगी हुन्छ ।
मौसमी फलफूल
मौसमी फलफूल नियमित खाने गरेमा तौल कम भएको समस्या हल हुन मद्दत गर्छ । अझ त्यस्ता फलफूलको रस पिउनु झन् उपयोगी हुन्छ ।
प्रोटिन युक्त पदार्थ
माछा, मासु, अन्डा, दूध आदिजस्ता अत्यधिक प्रोटिन पाइने खानेकुरा नियमित खाएर तौल बढाउन सकिन्छ ।
क्यालोरीयुक्त खाना
बिहानको समयमा सकेसम्म धेरै क्यालोरीयुक्त खाना खाँदा तौल बढ्न मद्दत पुग्छ । साथै, सधैँ समयमा खाना खाने गर्नाले पनि तौलमा सन्तुलन आउँछ । अझ शारीरिक परिश्रम धेरै गर्ने मानिसलाई बढी क्यालोरीयुक्त खाना आवश्यक हुन्छ ।
केरा
डिप्रेसनलगायत मानसिक समसया र मधुमेह आदिका कारण पनि तौल घट्ने हुन्छ । केरा खाएमा यस्ता समस्याबाट छुटकारा मिल्न सक्छ । यसमा पाइने पौष्टिक ततवले समस्याबाट बचाउन मद्दत गर्छ । साथै, केरा ऊर्जावद्र्धक फल पनि हो । यसर्थ, नियमित केरा सेवन गर्दा औसत तौल स्वतः बढ्छ ।
अन्डा
यदि, तपाईंको दुब्लोपनबाहेक अन्य स्वास्थ्य समस्या छैन भने दिनमा ३–४ वटा अन्डा खाएर तौल बढाउन सक्नुहुन्छ । क्याल्सियम, आइरन र प्रोटिनजस्ता तत्वको भण्डारको रूपमा रहेको अण्डाले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्नसमेत सहयोग गर्छ ।