×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

होटलमा युवक मृत फेला

होटलमा युवक मृत फेला

काठमाडौं - मकवानपुरको हेटौंडामा बिहीबार एकजना युवक मृत अवस्थामा फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा १० बसपार्कमा रहेको चण्डीका होटलमा राक्सिराङ गाउँपालिका वडा ४ का २८ वर्षीय सरोज शाह मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चण्डीका होटलको कोठा नम्बर २०१ मा बसेका शाह बिहान अबेरसम्म ढोका नखोलेर बाहिर नआएपछि होटल सञ्चालकले प्रहरीमा खबर गर्नुभएको थियो । प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखेर प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ । पोष्टमार्टम पश्चात् मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्