×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट: डा. वाग्लेलाई अर्थ र सुधनलाई गृहको जिम्मेवारी

बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट: डा. वाग्लेलाई अर्थ र सुधनलाई गृहको जिम्मेवारी

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन भएको छ, जसमा प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय आफैँसँग राखेका छन्। नवनियुक्त मन्त्रिमण्डलमा डा. स्वर्णिम वाग्लेलाई दोस्रो वरीयतासहित अर्थ मन्त्रालय, सुधन गुरुङलाई गृह, शिशिर खनाललाई परराष्ट्र र सोबिता गौतमलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

१५ सदस्यीय टोलीमा ५ जना महिला मन्त्रीहरू समावेश गर्दै ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको यस सरकारमा विराजभक्त श्रेष्ठले ऊर्जा, सस्मित पोखरेलले शिक्षा, विक्रम तिमिल्सिनाले सञ्चार, खड्क (गणेश) पौडेलले पर्यटन र सुनिल लम्सालले भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका छन्। त्यसैगरी, प्रतिभा रावललाई सामान्य प्रशासन, निशा मेहतालाई स्वास्थ्य, दीपक साहलाई श्रम, गीता चौधरीलाई कृषि तथा वन र सीता वादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।

नवनियुक्त प्रधानमन्त्री र सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

प्रतिकृया दिनुहोस्