काठमाडौं- समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।
शनिबार बिहान ८ बजे बस्ने बैठकले समानुपातिक तर्फका सांसदबारे निर्णय गर्ने उनले बताए । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।