×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

उपप्रधानमन्त्री माग्ने पौडेल समूहको निर्णय

उपप्रधानमन्त्री माग्ने पौडेल समूहको निर्णय

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो समूहबाट सरकारमा उपप्रधानमन्त्री माग्ने निर्णय गरेको छ ।

महाराजगञ्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल समूहको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो समूहबाट पनि उपप्रधानमन्त्री माग्ने निष्कर्ष निकालेको हो ।

कसलाई उपप्रधानमन्त्रीका लागि पठाउने भन्नेबारे भने अझै अन्यौल रहेको पौडेलपक्षीय एक नेताले बताए । महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र सुजाता कोइराला उपप्रधानमन्त्रीका लागि आकांक्षी रहेको जनाइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल, शेखर कोइरालालगायतका नेताहरू सहभागी थिए ।

  •  

प्रतिकृया दिनुहोस्