×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्ता छन् धरानका मेयर हर्क साम्पाङको सय दिनको काम

यस्ता छन् धरानका मेयर हर्क साम्पाङको सय दिनको काम

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका छन्।

मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्। उनले खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका छन्।

यस्ता छन् उनले सार्वजनिक गरेका काम

 १. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें !

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ !

४. ६ लाख विरुवा रोपें !

५. सरसफाइमा देखिने सुधार ल्याएँ !

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन !

९. लागु औषध विरुद्धको अभियान शुरु गरें !

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ !

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

प्रतिकृया दिनुहोस्