×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अन्तरिम सरकारमा ५ नयाँ अनुहार सिफारिस:कसले कुन मन्त्रालय पाए?

अन्तरिम सरकारमा ५ नयाँ अनुहार सिफारिस:कसले कुन मन्त्रालय पाए?

काठमाडौँ - आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ।

सिफारिस गरिएका मन्त्रीहरूमा अनिलकुमार सिह्नालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ। महावीरलाई शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय र संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सञ्चारमन्त्रीका रूपमा सिफारिस भएका जगदीश खरेल इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुन्। पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन्।

अनिलकुमार सिह्ना सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनी २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए र ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिक १४ मा सेवा निवृत्त भएका थिए।

प्रधानमन्त्री कार्यालय स्रोतले उनीहरूको नाम सिफारिस भएको पुष्टि गरेको छ।

संगीता मिश्रा पछिल्लो समय स्वास्थ्य अतिरिक्त सचिव थिइन्। उनले सो पदबाट राजीनामा पनि दिइसकेकी छिन्। स्वास्थ्य सचिवको पद रिक्त भएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रासहित ३ जनाको नाम सिफारिस गरे पनि तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्राले असन्तुष्टि व्यक्त गरेकी थिइन्।

२०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी मिश्रा बीचमा केही समय बाहिर रहेर पुनः खुला प्रतिस्पर्धामार्फत २०७० सालमा सरकारी सेवामा फर्किएकी थिइन्। खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी पनि सम्हालेकी थिइन्। २०८० भदौ १३ देखि करिब एक वर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकको भूमिका निर्वाह गरी मन्त्रालयमा आएकी उनले कुनै समय मन्त्रालयमै प्रवक्ताका रूपमा समेत काम गरेकी थिइन्।

जेन-जीको विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको तेस्रो दिनमा तीन मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्।

प्रतिकृया दिनुहोस्