×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल ‘ए’को घोषणा, बिनोदलाई कप्तान र ज्ञानेन्द्रलाई प्रशिक्षकको जिम्मेवारी

नेपाल ‘ए’को घोषणा, बिनोदलाई कप्तान र ज्ञानेन्द्रलाई प्रशिक्षकको जिम्मेवारी

काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले नेपाल ‘ए’ टिमको घोषणा गरेको छ । राष्ट्रिय टिम बाहिर रहेका खेलाडीलाई समावेश गर्दै क्यानले नेपाल एको घोषणा गरेको हो । 

बिनोद भण्डारीको कप्तानीमा घोषणा गरिएको नेपाल एमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी र पछिल्लो घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडी समावेश गरिएको छ । 

भण्डारी कप्तान रहेको नेपाल एमा आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायान यादव, प्रजित जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, सहाब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । 

क्यानले नेपालको ए टिम हेर्ने जिम्मेवारी प्रशिक्षकको रुपमा ज्ञानेन्द्र मल्ललाई दिएको छ । घरेलु क्रिकेटमा विभागीय टिमको नेतृत्व गरिरहेका ज्ञानेन्द्रले पहिलो पटक क्यानको टिम हेर्ने जिम्मेवारी पाएका हुन् । उनले भर्खरै सिंगापुरमा लेभल टूको कोचिङ कोर्स पुरा गरेका थिए ।

नेपाली टिमको प्रशिक्षकमा मल्लसँगै कलाम अली रहेका छन् । नेपाल एले क्यानडासँग टी ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ । 

राष्ट्रिय टिम डब्लूसीएल लिग टूमा ब्यस्त रहदाँ नेपाल एले क्यानडासँग टी ट्वान्टी म्याच खेल्नेछ । क्यानले नेपालको ए टिम तयार रहेर राष्ट्रिय टिमका लागि सधै ब्याकअप टिम राख्ने यसअघि घोषणा गरेको थियो । सोही अनुसार राष्ट्रिय टिमको विकल्पको रुपमा ए टिम घोषणा गरिएको हो । 

प्रतिकृया दिनुहोस्