×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ज्यानलिने धम्कीपछी काठमाडौंका मेयर बालेनको घरमा सुरक्षा प्रहरी

ज्यानलिने धम्कीपछी काठमाडौंका मेयर बालेनको घरमा सुरक्षा प्रहरी

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) को ज्यान लिने धम्की पछि नेपाल प्रहरीले बालेनको घर अगाडि सुरक्षा पहरा दिएको छ। 
मेयर बालेनको निवास सिनामंगल ओरालो स्थित गैरीगाउँमा प्रहरीको टोलीले सोमबार साँझदेखि सुरक्षा पहरा दिन थालेको हो । 

सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीका अवैध संरचना हटाउने क्रममा सुकुम्वासी बस्तीका एक स्थानीयले बालेनको ज्यान मार्ने धम्की दिएका थिए । 

सोसँगै प्रहरीले मेयर शाहको घर नजिक सुरक्षा बढाएको हो । बालेन आफै पनि सुरक्षाको माग गर्ने प्रधानमन्त्री निवास बालुवाटार गएको बताइन्छ । 

अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा प्रहरी सहित अन्य १८ जना घाइते भएका थिए । झडपकै क्रममा स्थानीय एकजनाले मेयरको ज्यान अब खतरामा रहेको अभिव्यक्ति दिएका थिए ।

उनले बालेन शाहको ज्यान अब खतरामा रहने, मर्न पछि नपर्ने भन्दै धम्की दिएका थिए । त्यस भिडियोलाई बालेन स्वयमले शेयर गर्दै प्रहरी प्रशान, गृह मन्त्रालयसँग सुरक्षाको माग गरेका थिए । 

प्रतिकृया दिनुहोस्