काठमाण्डौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोलामा ३०० रुपैयाँले घटेको हो ।आज छापावाल सुन प्रतितोला ८९ हजार रहेको छ । सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँ थियो ।
आज तेजावी सुनको मूलय ८८ हजार ५५० रुपैयाँ तोकिएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ तोकिएको छ ।