×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

झापा जिल्ला सभापति पदमा उम्मेदवारी दिने घोषणा

एजेन्सी  -नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । 
पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिए ।
जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए । उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको बताए ।
“हामी वडादेखि नगर, जिल्ला र प्रदेश तहसम्म नै सहमति र सहकार्यमा नेतृत्व चयन गछौं । यसको मुख्य आधार भनेको पार्टीको संगठन बलियो बनाउन गरेको निष्ठा, त्याग र समर्पण हो”, उनले भने, “त्यो सम्भव नभए मात्र प्रतिस्पर्धा हुन्छ ।” 
जिल्ला सभापतिमा दुई कार्यकाल पूरा गरेका  उनले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्