×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि लामिछानेको नागरिकता विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिन बाटो खुला

रवि लामिछानेको नागरिकता विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिन बाटो खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विवाद प्रकरणमा सर्वोच्च अदालतले अन्तिरिम आदेश दिन अस्वीकार गरेको छ । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनलाई सर्वोच्चले अन्तिरिम आदश नदिएसँगै शपथ लिन बाटो खुलेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।

लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता नै प्रयोग गरिरहेकोले हाल उनी नेपाली नागरिक नरेको जिकिर रिट निवेदकहरुको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका आरोप रविमाथि छ ।

प्रतिकृया दिनुहोस्