×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आफ्नै पार्टीको निर्णयविरुद्ध संसदमा प्रश्न गर्दै झलनाथले भने, हामी भेडाबाख्रा होइनौँ

आफ्नै पार्टीको निर्णयविरुद्ध संसदमा प्रश्न गर्दै झलनाथले भने, हामी भेडाबाख्रा होइनौँ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजनाबारेका सम्पूर्ण विवरण सार्वजनिक गरेर छलफल गरिनुपर्ने बताएका छन् ।

एमसीसीबारेका धेरै कागजात र पत्राचार रहेको भन्दै उनले ती सबै विवरण सार्वजनिक गरेर छलफल गरेर मात्र पारित गर्नुपर्ने खनालले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले सांसदहरू भेडाबाख्रा नभएकाे बताए । अबिलम्ब एमसीसीबारेका दर्जनौ विवरणहरू वितरण गरि त्यसमाथि छलफल गरेर छलफल गरेर मात्र निर्णय गर्नुपर्ने बताए ।

आफनो पालामा एमसीसीबारे कुनै कुरा अघि नबढाइएको भन्दै आफूलाई मुछिनु गलत भएको उनको भनाइ छ । खनालले आफुहरूले अमेरिकाको सहयोगै नलिने भनिएको नभइ एमसीसीमा अहिले राखिएका शर्तहरू अमान्य भएको बताए ।

खनालको दल नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो । खनालले त्यो निर्णयका बाबजुत एमसीसी पारित हुनै नहुने धारणा राखेका हुन् ।

प्रतिकृया दिनुहोस्