काठमाडौं- सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक संसदमा अघि बढाउने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले नागरिकता विधेयक संसदमा अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाहरू पूरा गरेर उक्त विधेयक अघि बढाउन प्रस्ताव गरेका थिए। उनले भने, ‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ।’
आजको बैठकमा शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने, महंगी नियन्त्रणबारे पनि छलफल भएको छ।
एकीकृत समाजवादीले गरेको मन्त्री हेरफेरको निर्णय लागू गर्न भन्दै दबाव दिन पार्टी अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका थिए। तर, मन्त्रिपरिषद पुनर्गठनबारे भने छलफल नभएको कार्कीले बताए।