×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

धेरै पसिना आउनु पनि हृदयघात

  • IT |
  • ब‌ैशाख ३, २०७८
धेरै पसिना आउनु पनि हृदयघात

एजेन्सी - खानपान, जीवनशैली र बानीव्यवहारका कारण मुटुसँग जोडिएका विभिन्न प्रकारका रोगहरुको खतरा बढाउँछ । हृदयघात पनि तिनै रोगहरुमध्ये एक रोग हो । रगत जमेर रक्तनली बन्द हुँदा मुटुसम्म रगत पुग्न नसक्दा हृदयघात हुन्छ ।
 हृदयघातमा छातीमा पीडा महसुस हुनुका साथै शरीरमा देखिने थुप्रै लक्षणहरुले हृदयघातको संकेत गर्छ ।

व्यायाम गरेपछि, गर्मीमा पसिना आउनु सामान्य नै हो । तर, अचानक कुनै पनि कारणबिना पसिना आउनुलाई स्वास्थ्यमा गडबढी भएको संकेत हुन सक्ने चिकित्सकहरु बताउँछन् । कहिलेकाँही छाती दुख्ने, हातमा पसिना आउने र माशंपेशीहरु दुख्नु हृदयघातको खतरा हुनसक्छ । 

कुनै पनि व्यायाम वा काम नगरी अत्यधिक पसिना आउनु हृदयघातको संकेत हुनसक्छ । मुटुमा रगत पुर्याउने रक्तनलीहरुमा कोलेस्टोल जम्मा हुन जान्छ जसको कारण यस्ता नलीहरु बन्द हुन पुग्छन् । जसले गर्दा रगत प्रवाह हुन मुश्किल हुन्छ ।
 जसको कारण रगत प्रवाह कम हुँदा मुटुमा दबाब पर्न जान्छ र शरीरको तापमान बढ्न सक्ने भएकाले पसिना पनि आउँछ । 

हात, काँध, च्यापु, दाँत र टाउकोमा दुखाई हुनु हृदयघातको लक्षण हुनसक्छ । यस्ता संकेत देखिए समयमा नै उपचार गर्नुपर्छ । 

एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस्