×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय जनगणना सम्पन्न, जनसंख्या करिब तीन करोड पुग्ने

राष्ट्रिय जनगणना सम्पन्न, जनसंख्या करिब तीन करोड पुग्ने

काठमाडौँ- नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या दुई करोड ८५ लाखदेखि तीन करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको विभागले जनाएके छ । विभागका अनुसार जनगणनाबाट सोधिएका प्रश्नको पूर्ण विवरण आउन एक वर्ष लाग्नेछ । गणकले सोधिएका प्रश्नको तथ्याङ्क कम्प्युटरमा अपलोड गर्न ६ देखि ९ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाउनेछ ।

नेपालको कुल जनसंख्या , महिला र पुरुषको कुल सङ्ख्या भने दुईदेखि तीन महिनामा आइसक्नेछ । केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्याङ्क विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने छ ।

विभागले पुसदेखि करिब तीन सय जना तथ्याङ्क अभिलेखीकरण गर्न करारमा कर्मचारी भर्ना गरिने गर्ने भएको छ। मंसिरभित्र सबै जिल्ला तथा प्रदेश कार्यालय बन्द गरी फाराम केन्द्रीय तथ्याङ्क विभागमा ल्याइनेछ । सरकारले जनगणना–२०७८ का लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको थियो ।

प्रतिकृया दिनुहोस्