×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नेपालका बाल फुटबलरका लागि जापानमा ‘स्वागत भोज’ सम्पन्न

नेपालका बाल फुटबलरका लागि जापानमा ‘स्वागत भोज’ सम्पन्न

टाेकियाे ।  जापानस्थित एनपीओ नेपाल युथ सकर प्रोजेक्टले नेपालका बाल फुटबल खेलाडीको स्वागतमा स्वागत भोज आयोजना गरेको छ । जापानमा आयोजना हुन लागेको कोपा टोरेरोस यू–१२ फुटबल प्रतियोगिता सहभागी बन्न नेपालबाट आएका खेलाडीको सम्मान स्वरुप स्वागत भोज कार्यक्रम भएको हो ।

कार्यक्रममा कार्यवाहक राजदुत हरीहर कान्त पौडेल, एनआरएनए आईसिसिका सचिव शिवप्रसाद पौडेल, एनआरएनए जापानका कार्यवाहक अध्यक्ष विश्व सुवेदी , नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र श्रेष्ठ, फनरुट एकेडमी जापानका निर्देशक वाका ताकाहासी, समाजसेवी बिनोद गौचन, आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष श्री गुरुङ, ओम गुरुङ, अनिता गुरूङ ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपालका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको नेतृत्वमा रहेको यो संस्थाले बिगत सन् २०१६ देखि नेपालबाट बाल फुटबल खेलाडी जापानमा ल्याएर जापानमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।

तीन दिनसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित जापान, स्पेन, पोर्चुगल, अस्ट्रेलिया, चीन, कोरिया, ताइवान, जर्मनीसहित अन्य ४० वटा देशका क्लबहरुको सहभागिता रहनेछ । कार्यक्रम वसन्त गौचनको अध्यक्षता र रविन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्