काठमाडौँ- बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नं.०७ भुनेलिपातल आईरहेकि एक किशारीकाे सेति नदिमा रहेको काठको पुलबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा आदर्श गाउपालिका वाड नं.०६ गिरिचौका बबिनाकि १७ वर्षीया ढुल्लु अधिकारी रहेकि सिगास गाउँपालिका वडा नं.०६ का स्थानीय पदम खडायतले जानकारी दिनुभयो । कलिलो उमेरमै बिवाह गरेकी अधिकारी आदर्शबाट रोपाइँ गर्न सिगास आउने क्रममा उनको मृत्यु भएको स्रोतले जनाएको छ।
साे स्थानमा रहेकाे झाेलुङगे पुल गत कार्तिकमा भएकाे अविरल बर्षा संगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाईएकाे थियाे । बाढीले बगाएको झाेलुङ्गे पुल पुननिर्माण नहुँदा डाेटी र बैतडीकाे सीमा क्षेत्रका नागरिक हाल अस्थायी पुलबाटै आवतजावत गर्न बाध्य छन् ।