×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री ओलीले गरे चीनमा धान उत्पादन विशेष क्षेत्रको भ्रमण

प्रधानमन्त्री ओलीले गरे चीनमा  धान उत्पादन विशेष क्षेत्रको भ्रमण

 काठमाडौं - चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।
चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज नै चीनको थियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको आज अवलोकन गर्नुभएको छ । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् ।
सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीन भ्रमणमा छन् । उनले १४ गते नै चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा गएका ओली बुधबारसम्म चीनमा रहेछन् ।
चीन भ्रमणबारे शुक्रबार प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण मुलुकको समग्र हितका लागि केन्द्रित रहने बताएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्