×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

भिटेनलाई बिर्साउने दुर्गेशको ‘पैसा’ गीत, युट्यूवमा हुँदै हिट

भिटेनलाई बिर्साउने दुर्गेशको ‘पैसा’ गीत, युट्यूवमा हुँदै हिट

काठमाडौं - विवादित छविका गायक दुर्गेश थापाले युट्यूवमा केही दिनअघि मात्रै रिलिज गरेको पैसा बोलको नयाँ गीत बिवादमा पर्ने देखिएको छ । पैसा बोलको गीतका शब्दहरु सुन्दा दुर्गेशले र्यापर भिटेनलाई नै पछि पार्लान जस्तो आभाष हुन्छ । र्याप स्टाइमा उनले गाएको गीतमा आपत्तिजनक र छाडा शब्दहरु प्रयोग भएका छन् ।


सबै कुरा गर्न ‘पैसा’ चाहिने सन्देश दिने क्रममा उनी अनर्गल तरिकाले प्रस्तुत भएका छन् । जुन गीतको रचना र संगीत पनि दुर्गेशकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् । गीतको शब्दमा मात्रै होइन्, भिडियोमा पनि दुर्गेशले अश्लिल हाउभाउ देखाएका छन् । दुर्गेशको गीत छाडा मात्रै छैन, उनले गीतका शब्द नै चोरी गरेको पाइएको छ । हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका लागि गाएको ‘नोट–नोट’ बोलको गीतबाट उनले एक लाइन चोरेका छन् ।

यस्तो छ चोरिएको शब्द
हरिवंशले गाएको गीतमा भनिएको छः हेर्दा जाबो कागत, यसको कत्रो तागत
दुर्गेशले गाएको गीतमा भनिएको छः जाबो यत्रो कागत, यसको कत्रो तागत

दुर्गेशको पैसा बोलको गीत विवादमा आउने चेष्टा गरेरै गाएको देखिन्छ । यसअघि पनि उनले गाएका सबैजसो गीतहरु कुनै न कुनै विवादमा फस्ने गरेका र सोही कारण हिट हुने गरेका छन् । पछिल्लो गीतले फेरि पनि उनी विवादकै बलमा हिट हुन खोजिरहेको आभाष गराउँछ ।

भिडियो तलको युट्यूब लिंकमा :

प्रतिकृया दिनुहोस्