बारा - नेपाली हिन्दूहरुको महान चाड बडा दसैँको अवसरमा स्वास्थ्य सम्बन्धि प्रशिक्षण, नि:शुल्क स्वास्थ्य जाच र औषधि सहितको प्राथमिक उपचार किट बितरण गरिएको छ ।
शनिबार बारा जिल्लाको निजगढ नगरपालिका-५ खोल्माटोल टोल बिकास समितिलले आयोजना गरेको बडा दशैँ तथा तिहार शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य सम्बन्धि प्रशिक्षण, स्वास्थ्य जाचका साथै औषधि कीट वितरण गरिएको थियोे । टोल बिकास संस्थाले गत बर्ष तिहारको समयमा देउसी भैलो खेलेको पैसाले गाउँमा प्राथमिक उपचार किट प्रदान गरेको थियो । त्यतिबेला किटमा उपलब्ध विभिन्न रोगका औषधी बारे जानकारी नभएको हुँदा किटमा हुने औषधि बारे जानकारी गराइएको थियोे ।
शुभकामना आदानप्रदान कार्यक्रमका दौउरान नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष प्रभाकर तिमल्सिनाले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे । एसोसिएसनका अध्यक्ष प्रभाकर तिमल्सिनाले खोल्माटोल टोल बिकास समितिलाई औषधी कीट हस्तान्तरण गर्दै टोलबासीको स्वास्थ्यको ख्याल गर्दै औषधि वितरण गर्दै औषधि सम्बन्धि परामर्श समेत दिनु भएको थियो । शुभकामना कार्यक्रमका दौरान स्वास्थ्य क्षेत्रमा उल्लेखनीय भुमिका खेलेको भन्दै अध्यक्ष तिमल्सिनालाई टोल बिकास समितिले सम्मान पनि गरेको थियोे ।
कार्यक्रममा निजगढ नगरपालिका-५ खोल्माटोलका करिब १ सय जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरी स्वास्थ्य सम्बन्धि परामर्श र औषधि सहितको प्राथमिक स्वास्थ्य किट प्रदान गरिएको टोल बिकास समितिका अध्यक्ष भिम प्रसाद तिमल्सिनाले जानकारी दिए । शुभकामना आदानप्रदान कार्यक्रममा ५ नम्बर वडाका वडा अध्यक्ष थल प्रसाद गौतम, समाजसेवी सुरथ पुरी, लक्ष्मी गौतम, साजन ढुङ्गाना, राजन ढुङ्गाना, पुरुषोत्तम पौडेल लगायत बुद्दिजीवी र टोल बासी उपस्थिति थियो ।