काठमाडौं - राज्यले विभूषणका लागि छनोट गरेका १९२ जना व्यक्तिले अझैसम्म पदक लिएका छैनन् । २०६७ सालदेखि २०७५ सालसम्म विभिन्न क्षेत्रमा योगदान पुर्याएका १९२ जना व्यक्तिले पदक नलिएको सूची गृहमन्त्रालयको वेवसाइटमा देखिएको छ ।
विभूषणका लागि छनोटमा परेपनि अहिलेसम्म पदक बुझ्न बाँकी हुने सूचीमा मानवअधिकारकर्मीत्रय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सुवोध प्याकुरेल, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश श्रेष्ठ छन् ।यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, डा। वीरेन्द्र मिश्र, पत्रकारहरु कणकमणि दिक्षीत, युवराज घिमिरे लगायत पनि छन् ।