×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आउदै

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आउदै

काठमाडौं - भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएकाे छ । पाैडेलकाे उपचारमा संलग्न डाक्टरहरूले आज (बिहीवार) उहाँकाे अवस्था सुधार हुँदै गएकाे जानकारी दिनुभएको नयाँ दिल्लीमा रहेकाे नेपाली दूतावासले जनाएको छ । नयाँ दिल्लीमा रहेकाे अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भइरहेकाे छ । उहाँ उपचारका लागि हिजाे (बुधवार) नयाँ दिल्ली जानुभएको हो ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा
सङ्क्रमण देखिएको थियो ।

राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरकाे टोली छ ।

प्रतिकृया दिनुहोस्