×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौं- शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८२ अङ्कले घटेर एक हजार नौ सय २१ दशमलव ३१ विन्दुमा झरेको छ ।

बैंक र जीवन बीमाबाहेक अरू सबै समूहको शेयर घटेको दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ३० वटा कम्पनीको ३० लाख ३७ हजार कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको सात करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज लक्ष्मी इक्विटी फन्डको शेयर झन्डै ६ प्रतिशतले तथा जनरल इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, सिंगटी हाइड्रो र नेपाल इन्सुरेन्सको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा उन्नति सहकार्य लघुवित्तको शेयर झन्डै आठ प्रतिशतले बढेको छ । 

 

प्रतिकृया दिनुहोस्