×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुस्ताङमा दुर्घटनाग्रष्त तारा एअरको विमानको सामग्री संकलन सुरु

मुस्ताङमा दुर्घटनाग्रष्त तारा एअरको विमानको सामग्री संकलन सुरु

काठमाडौं- तारा एयर कम्पनीले मुस्ताङमा दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको छ। सो कम्पनीले सोमबारदेखि मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने पानीपाथी हिमालको फेंद सानुसरे पहाडमा छरिएको दुर्घटनाग्रष्त विमानको सामग्री संकलन सुरु गरेको हो।

गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी टुईनेटर विमान मुस्ताङको सानुसरे पहाडमा दुर्घटनाग्रष्त भएको थियो। दुर्घटनामा विमानमा सवार १९ जनाले ज्यान गुमाएका थिए। तारा एयरको विमान दुर्घटना भएको ७ महिनापछि विमानको टुक्राटाक्री सामग्री उठाउँन सुरु गरिएको हो।

यसका लागि तारा एयरले विमानको टुक्राटाक्री सामग्री संकलन गर्न स्थानीय प्रशासन, प्रहरी र एक्याप जोमसोमसँग अनुमति लिएको थियो। एयरले दुर्घटनाग्रष्त विमानको सामग्री संकलन गर्ने जिम्मा समाजसेवी एवं सडक सुपरभाइजर इन्द्रसिंह शेरचनलाई जिम्मा दिएको छ।

शेरचनकै अगुवाइमा अहिले पानीपाथी हिमालको सानुसरे पहाडमा विमानको टुक्राटाक्री सामग्री संकलन गर्ने काम सुरु भएको हो।

प्रतिकृया दिनुहोस्