काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू जुनसुकै बेला निर्वाचनको सामना गर्न तयार रहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा उनले यस्तो बताएका हुन् ।
‘चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौँ । पालिकाको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ’, अध्यक्ष नेपालले भने, गठबन्धनको एकता तोड्न खोजिरहेका होलान् । गठबन्धन फुटाएर त्यसको फाइदा उठाउँला भनेर कोही त्यो मौकाको ताकमा पनि होलान् । तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’
अध्यक्ष नेपालले आगामी चुनावसम्म सत्ता गठबन्धन कायम रहने पनि दाबी गरे ।