बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले–माओवादीसहित ७ दलका ५८ सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका थिए ।
गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई संविधानको धारा १६८ को उपाधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।