×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

परशुरामको मेयरमा २८ वर्षीय जोशी निर्वाचित

परशुरामको मेयरमा २८ वर्षीय जोशी निर्वाचित

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छन् । जोशीले ५ हजार ९४१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)ले ५ हजार ८०५ मत प्राप्त गरे । 

सुरूवातदेखि कांग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा भएपनि अन्तिममा उम्मेदवार माललाई जोशीले पराजित गरेका हुन्। एमालेबाट उम्मेदवार रहेका केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे । अध्यक्षमा निर्वाचित जोशी परशुराम नगरपालिकाको सभापतिसमेत हुन् ।

नगर उपप्रमुखमा भने माओवादी केन्द्रका विमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कलावती बोहराले ४ हजार ५९३ मत प्राप्त गरिन् । एमालेका उम्मेदवार गोमती पन्तले ३ हजार २९६ मत प्राप्त गरिन् ।

जम्मा १२ वडा रहेको परशुराम नगरपालिकामा वडा नं १,४,५,७,९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ भने वडा नं. २, ३, ६, ८ र ११ गरी ५ वडामा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । एमालेले भने भने कुनै पनि वडाका जित हासिल गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्