×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

जापानमा नयाँ प्रधानमन्त्री अक्टाेबर ४ तारिखमा चयन हुने, संसदको विशेष अधिवेशनको निर्णय

जापानमा नयाँ प्रधानमन्त्री अक्टाेबर ४ तारिखमा चयन हुने, संसदको विशेष अधिवेशनको निर्णय

एजेन्सी - जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्व परिवर्तन हुने भएपछि सरकारको नेतृत्वमा पनि फेरबदल हुने भएको छ ।
टोकियोस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि अक्टाेबर ४ तारिख संसदको विशेष अधिवेशन बोलाउने निर्णय गरेपछि सोही दिन जापानले नयाँ प्रधानमन्त्री पाउने पक्का भएको हो ।

लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वका लागि यसै महिनाको २९ तारिख निर्वाचन हुँदैछ । यो पार्टी संसदको सबैभन्दा ठूलो दल भएकाले उक्त पार्टीको नेतृत्व नै प्रधानमन्त्री हुने प्रावधान छ ।एक वर्ष अघि प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य अबस्थाका कारण कार्यसम्पादन गर्न नसक्ने भन्दै पदबाट राजीनामा दिएपछि योसिहिदे सुगालाई पार्टी नेतृत्व हुदै प्रधानमन्त्रीमा चयन गरिएको थियो ।२९ तारिख हुने निर्वाचनमा लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वका लागि २ महिलासहित ४ जनाले उमेद्वारी दिएका छन् । २९ तारिखको निर्वाचनबाट पार्टीको नेतृत्वमा निर्वाचित हुने ब्यक्ति नै अक्टाेबर ४ तारिख संसदको विशेष अधिवेसनमार्फत प्रधानमन्त्रीमा चयन हुनेछन ।

अक्टुबर महिनाको २१ तारिख प्रतितिनिधि सभाको समयाबधि सकिदैछ । त्यसपछि ढिलोमा नोभेम्बर ३० सम्म नयाँ निर्वाचन गरिसक्नु पर्नेछ ।
४ तारिख प्रधानमन्त्री चयन भएपछि नया प्रधानमन्त्रीले प्रतिनिधि सभाको निर्वाचन गराउनेछन ।

प्रतिकृया दिनुहोस्