×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पुलिस क्लब र फ्रेन्ड्स क्लब बिजयी

पुलिस क्लब र फ्रेन्ड्स क्लब बिजयी

काठमाडौं- विभागीय टोलीको नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा पुलिसले आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्बललाई १-० गोलले हरायो । दशरथ रंगशालामा भएको अर्को खेलमा फ्रेन्ड्सले न्युरोड टिम (एनआरटी)लाई ३-१ गोलले स्तब्ध बनायो । 

पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गर्नुभयो । मुहमदले सातौं मिनेटमा गरेको गोल पुलिसको जितमा प्रयाप्त बन्यो । जितसँगै पुलिसले १२ खेलबाट नौ अङ्क बनाएको छ । पराजित मनाङले समान खेलबाट १५ अङ्क बनाएको छ । 

यस्तै दशरथ रंगशालामा फ्रेन्ड्सलाई जिताउन राफिक अमिनुले १४औं, टोरिक जेब्रिनले पहिलो हाफको इन्जुरी समय र प्रकाश बुढाथोकीले ७६औंं मिनेटमा गोल गर्नुभयो ।

एनआरटीका सन्जीव विष्टले ४१ओं मिनेटमा गरेको गोल सान्त्वना बनेको थियो । लिगमा फ्रेन्ड्सको यो चौथो जित हो । जितसँगै फ्रेन्ड्सले १२ खेलबाट १४ अङ्क बनाएको छ । एनआरटीको समान खेलबाट १३ अङ्क छ । 

 

प्रतिकृया दिनुहोस्