×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

ङादी ग्रुप पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। आज मंसिर १७ गते सोमबारसम्म कायम शेयरधनीले ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयर आवेदन दिन पाउनेछन् ।

कम्पनीले हकप्रद शेयर बिक्री प्रयोजनका लागि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आज मंसिर १७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।

कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

कम्पनीले हकप्रद  शेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । १०० प्रतिशत हकप्रद शेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्