झापा-सवारी दुर्घटनामा एकको मृत्यु भएपछि झापामा स्थानीयले पूर्वपश्चिम राजमाग अवरुद्ध गरेका छन् । सोमबार बिहान प्रदेश नम्बर–०३–००१क नम्बरको ट्रिपरले को२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत माइधारमा ट्रिपरले ठक्कर दिँदा हाथी गाडीको चालककको मृत्यु भएको थियो । उनको सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
माइधारमा ट्राफिकको चेकिङमा ‘स्लो’ गर्ने क्रममा उक्त गाडीलाई ट्रिपरले ठक्कर दिएको थियो । स्थानीयले ट्राफिकले गत ठाउँमा चेकिङ गरेको भन्दै सडक अवरुद्ध गरेका छन् । उनीहरुले सडकमा टायर बालेर सडक अवरुद्ध गराएका हुन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।