×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वाम एकता प्रयासमा माओवादी, पहिलो प्राथमिकता बाबुराम र माधव

वाम एकता प्रयासमा माओवादी, पहिलो प्राथमिकता बाबुराम र माधव

काठमाडौँ- नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ । वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो ।

माओवादीका उपमहासचिव एवं कार्यदल सदस्य गिरिराजमणि पोखरेलले माधव नेपालसँग अनौपचारिक छलफल सुरु भएको बताए । उनले माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक सम्बाद भइरहेको पुष्टि गरे ।

पार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन । तर कार्यदलका भएका साथीहरूले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ, पोखरेलले भ ने।

उनले चुनावअघि वाम शक्तिहरूबीच ध्रुवीकरण भएको भन्दै स्थायित्वका निम्ति वाम एकता अपरिहार्य रहेको बताए । वाम एकताका लागि एउटा प्रयोग सुरु गरिसकेका छौं । वाम शक्तिहरू एकअर्कासँग नमिलिकन अगाडि बढ्ने स्थिति छैन, उनले भने ।

उनले नेकपा एमालेसँग भने तत्काल पार्टी एकता सम्बन्धमा सम्बाद नहुने प्रस्ट पारे । सम्बादका लागि नेकपा विभाजन र विगतका राजनीतिक घटनाहरूबारे गम्भीर छलफल हुनुपर्ने उनले बताए । सबैसँग गर्ने भनिए पनि एमाले तयार नभइकन सम्बाद र छलफल गर्दैनौं । नेकपा विभाजको समीक्षा र विगतका राजनीतिक घटनाका विषयमा छलफल नगरी एमालेसँग एकता प्रारम्भ हुँदैन, उनले भने ।

उनले निर्वाचनपछि नयाँ राजनीति क्रम विकास भएको बताए । फुटेर चुनावमा पुग्दा कसैले बहुमत ल्याउन सकेन । यसबीचमा नेपाली समाजका कतिपय गम्भीर खालका परिवर्तनहरू देखा परिरहेका छन् । सबैले समाजवादमा जाने भनेका छन् । समाजवादका ठोस र मूर्त रूप के हो भन्ने विषयमा सबैको आ-आफ्नो छलफल छ । त्यसलाई साझा छलफल बनाउन जरुरी छ । हिजोको बुझाइले मात्र अहिले पुग्ने देखिँदैन, उनले भने । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृया दिनुहोस्