विश्व फुटबलमा युरोपियन गोल्डेनबुटको महत्वपूर्ण स्थान छ । हरेक वर्ष युरोपेली देशका टप डिभिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेनबुटद्वारा सम्मानित गरिने गरिन्छ । यस वर्ष पनि युरोपको लिग सिजन अन्त्यतिर आइपुगेको छ । केही देशहरूमा लिग च्याम्पियनको छिनोफानो भइसकेको छ भने अबको दुई–तीन हप्ताभित्रमा बाँकी लिगहरूको पनि विजेताको निर्णय भइसक्नेञछ ।
यो सिजन पनि गाल्डेनबुटको रेसमा गत वर्षका विजेता जर्मन क्लब बार्यन म्युनिकका फरवार्ड रोवर्ट लोवान्डोस्की सबैभन्दा अगाडि छन् । पछिल्लो सिजन ४१ गोल गरेर पहिलोपल्ट गोल्डेनबुट जितेका लेवान्डोस्कीले चालू सिजन ३३ गोल गरिसकेका छन् । सर्वियाको रेडस्टार बेलग्रेडका नर्वेजियन फरवार्ड ओही ओमोहुवान्फोले पनि यो सिजन ३३ गोल गर्दै गोल्डेनबुटमा आफ्नो बलियो दावेदारी पेश प्रस्तुत गरेका छन् ।
यस लेखमा गोल्डेनबुट सम्बन्धी केही रोचक तथ्य एवम् जानकारीहरू प्रस्तुत गर्दैछौँ ।
१० युरोपियन गोल्डेन बुटको आरम्भ सन् १९६८ बाट भएको हो । खेलकूदमा आधारित फ्रान्सेली दैनिक एल इक्वीपले यसको शुरूवात गरेको हो । पोर्चुगलको क्लब बेनफिकाका स्ट्राइकर इसुबियोले १९६८ को सिजनमा ४३ गोल गर्दै पहिलो गोल्डेनबुट आफ्नो नाम गराएका थिए । इसुबियोले १९७३ को सिजनमा पनि ४० गोल गर्दै दोस्रो पटक यो अवार्ड जितेका थिए ।
२० सन् १९६८ देखि १९९१ सम्म युरोपको जुनसुकै देशको टप डिभिजन लिगमा सर्वाधिक गोल गर्ने एक खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्थ्यो । तर यो प्रक्रियालाई लिएर धेरै गुनासाहरू आएपछि युरोपियन स्पोर्टस मिडियाले १९९१ देखि लिगको स्तर निर्धारण गरेर अंकका आधारमा गोल्डेन बुटको विजेता चयन गर्न थालेको थियो ।
३० सन् १९६८–९१ बिचको २३ वर्षको अन्तरालमा पोर्चुगलका इसुबियो, जर्मनीका गर्ड मुलर, रोमानियाका डुडु जर्जस्कु र स्पेनका फर्नान्डो गोमेजले दुई–दुई पटक यो अवार्ड जित्न सफल भएका थिए ।
४० सबैभन्दा धेरैपटक गोल्डेनबुट अवार्ड जित्ने किर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा छ । उनले स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै २०१०, २०१२, २०१३, २०१७, २०१८ र २०१९ गरी ६ पटक गोल्डेनबुट आफ्नो नाम गराएका थिए ।
५० युरोपियन गोल्डेनबुटको इतिहासमा एकै सिजन ५० गोल गर्ने र १०० अंक हासिल गर्ने एकमात्र खेलाडीको किर्तिमान पनि लियोनल मेसीकै नाममा छ । उनले २०११–१२ को सिजनमा यो उपलव्धि हासिल गरेका थिए ।
६० सर्वाधिक गोल्डेनबुट जित्ने खेलाडीको सूचीमा मेसीपछि पोर्चुगलका क्रिस्टियाना रोनाल्डोको नाम आउँछ । उनले २००८, २०११, २०१४ र २०१५ को सिजनमा यो उपलव्धि हासिल गरेका थिए । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट खेल्दै पहिलोपटक २००८ मा यो अवार्ड जितेका थिए भने बाँकी तीन अवसरमा उनी स्पेनको रियल म्याड्रिडमा थिए ।
७० सन् २०१० देखि २०१९ सम्मको एक दशकको अवधिमा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले एकआपसमा दशमध्ये नौ गोल्डेनबुट आफ्नो नाम गराएका थिए । २०१६ मा भने बार्सिलोनाका फरवार्ड लुइस स्वारेज बाजी मार्न सफल भएका थिए । उरूग्वेका यी खेलाडीले त्यो सिजन ४० गोल गर्दै मेसी र रोनाल्डोलाई समेत पछि पारिदिएका थिए ।
८० २००९ देखि २०१९ सम्म लगातार ११ वर्ष स्पेनिस क्लबका खेलाडीहरू गोल्डेनबुट माथि आधिपत्य जमाउन सफल रहेका थिए । २००९ मा अर्का उरूग्वेली खेलाडी डिएगो फोर्लानले एट्लेटिको म्याड्रिडका लागि ३२ गोल गर्दै गोल्डेनबुट जित्न सफल भएका थिए ।
९० चालू सिजनमा बार्यन म्युनिकका रोवर्ट लेवान्डोस्की ६६ अंकका साथ गोल्डेनबुटको दौडमा पहिलो स्थानमा छन् । दोस्रो स्थानमा इटालियन क्लब नपोलीका लागि २६ गोल गरेका सिरो इम्मोबिल र तेस्रो स्थानमा २५ गोल गरेका रियल म्याड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा रहेका छन् । संयोगको कुरा के रहेको छ भने यी तीनै खेलाडीको उमेर ३२ वर्षभन्दा माथि छ । लेवान्डोस्की ३४ वर्षका भइसके भने इम्मोबिल ३२ वर्ष र बेन्जेमा ३३ वर्ष पुगिसकेका छन् । स्राेतः INS न्युज