×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रपतिमा हाम्रो पनि उम्मेद्वारी रहन सक्छ : प्रवक्ता खतिवडा

राष्ट्रपतिमा हाम्रो पनि उम्मेद्वारी रहन सक्छ : प्रवक्ता खतिवडा

काठमाडौं - नेकपा(एकिकृत समाजवादी) पार्टीले पनि आगामी राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमती जुटाउँदै गर्दा एकिकृत समाजवादीबाट पनि दावी रहने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यद्यपी अहिलेसम्म पार्टीभित्र र बाहिर औपिचारिक रुपमा यसबारे कुनै छलफल नचलेको बताउनुभयो ।

फरक प्रसंगमा उहाँले एमालेसँगको सहकार्य र प्रस्तावमा पार्टि अध्यक्ष माधव नेपाल राष्ट्रपति बन्ने भन्ने कुरामा सत्यता नभएको पनि जिकिर गर्नुभयो । एमालेबाट विद्रोह गरेर बनेको एकिकृत समाजवादी कुनै एक पदको लागी नभएको स्पष्ट पार्नुभयो।

एमाले अध्यक्ष ओली र माधव नेपालबिच भेटवार्ता भएको र भेटवार्तामा नेपाललाई राष्ट्रपति बन्ने प्रस्ताव गर्नुभएको हो ? भन्ने प्रश्नमा प्रवक्ता खतिवडाले यसमा कुनै सत्यता नभएको र एमालेसँग तत्काल पार्टी एकता गर्न समेत नसकिने जिकिर गर्नुभयो ।

यस्तै उहाँले पुरानो पाँच दलिय गठबन्धन भत्किएर नयाँ समिकरण बनिसकेकोले राष्ट्रपति निर्वाचनमा पनि आँफुहरु सहित प्रतिपक्षी दलहरुको फरक समिकरण बन्न सक्ने सम्भावना पनि रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्